दफा २९
औषधिमा मिसावट र मिसावट भएको औषधि बिक्री गर्न नहुने
(१) औषधिको प्रभाव शुन्य हुने, घटी हुने वा बदलिने वा हानिकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गर्न वा त्यस्तो मिसावट भएको हो भन्ने जानी जानी त्यस्तो औषधि बिक्री गर्न वा बिक्रीको लागि राख्न वा उपचारको निमित्त कसैलाई दिन हुँदैन ।
(२) कसैले कुनै अरू थोकलाई औषधि भनि बिक्री गर्न हुँदैन ।